अकिब र मक्सुदले बनाए कीर्तिमान, अमेरिकालाई २७७ रनको लक्ष्य

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी विश्वकप क्रिकेट लिग–२ अन्र्तगतको क्रिकोणात्मक सिरिजमा ओमानले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । टियू मैदानमा जारी खेलमा अकिब इल्यास र जिसन मक्सुदले शानदार शतक बनाएपछि ओमानले अमेरिकालाई २७७ रनको लक्ष्य दिएको छ ।

कबिल इल्यास र जिसन मक्सुदले शतकीय इनिङ खेल्दै कीर्तिमानी साझेदारी गरेपछि ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७६ रनको विशाल स्कोर बनायो । मक्सुदले १०९ रन बनाए भने अकिबले १०५ रन बनाए ।

मक्सदुले १०९ बलमा १० चौका ४ छक्का प्रहार गरे भने अकिबले १२३ बलमा ११ चौका र १ छक्का प्रहार गरे । यी दुईले तेस्रो विकेटका लागि २१६ रनको कीर्तिमानी साझेदारी गरेक थिए । यो लिग–२ को सर्वाधिक ठूलो साझोदारी हो । यसअघि नेपालमाविरुद्ध यी दुईले नै १६७ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।

अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरोनले समान ३ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.