नेपालले यू-१९ विश्वकप खेल्न नपाउने

सन् २०२२ मा हुने यू-१९ विश्वकप नेपालले खेल्न नपाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले कोरोनाका कारण यू-१९ विश्वकपको एसिया छनोट रद्द गरेपछि नेपालले विश्वकप खेल्नबाट बञ्जित भएको छ।

आईसिसीले बुधबार एसियासँगै अमेरिका र इस्ट एसिया प्यासिफिक (इएपी)का यू-१९ विश्वकप छनोट प्रतियोगिता रद्द गरेको छ।

एसिया, अमेरिका र इएपीका विश्वकप छनोट प्रतियोगिता रद्द गर्दै आईसिसीले यी तीनै क्षेत्रबाट यू-१९ विश्वकपका लागि ३ टिमको छनोट गरेको छ। आईसिसीले एसियाबाट युएई, अमेरिकाबाट क्यानडा र इएपीबाट पपुवा न्युगिनीलाई यू-१९ विश्वकपका लागि छनोट गरेको छ।

यू-१९ विश्वकपका पछिल्ला ५ छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा आईसिसीले युएई, क्यानडा र पपुवा न्युगिनीलाई छनोट गरेको हो। यी तीन टिमले छनोट प्रतियोगितमा सर्वाधिक जित निकालेका छन्।

यस्तै, आईसिसीले यू-१९ विश्वकपको दुई क्षेत्रीय छनोट भने गर्ने भएको छ। आईसिसीले युरोप र अफ्रिकाको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ।

यू १९ विश्वकपको युरोपको छनोट प्रतियोगितामा १९ देखि २५ सेप्टेमबरसम्म स्पेनमा आयोजना हुने छ। जसनमा आयरल्यान्ड, जर्सी, नेदरल्यान्ड्स र स्कटल्यान्डस सहभागी हुने छन्। यस्तै, अफ्रिकाको छनोट ३० सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म हुनेछ। जसमा नामिबिया, नाइजेरिया, रुवान्डा, ताजन्यिा र युगान्डा छन्।

Facebook Comments Box