एन्डरसनले एसेस सिरिजको पहिलो टेस्ट गुमाउने

Read Time:1 Minute

इंग्ल्यान्डका भेट्रान फास्ट बलर जेम्स एन्डरसनले एसेस सिरिजको पहिलो टेस्ट गुमाउने भएका छन्। काल्फ इन्जुरीका कारण ३९ वर्षीय एन्डरसनले बुधबारबाट गावा मैदानमा सुरु हुने अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट गुमाउने वेल्स तथा इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी)ले जनाएको छ।

अनुभवी एन्डरसनको अभाव इंग्ल्यान्डको टिममा खड्किने छन। उनी इंग्ल्यान्डका सर्वाधिक विकेट लिने खेलाडी हुन् भने टेस्ट क्रिकेटमा सर्वाधिक विकेटले दोस्रो खेलाडी हुन्।

भर्खरे चोटबाट मुक्त भएका एन्डरसनले नेटमा बलिङ गरेपछि इबिसीले पहिलो टेस्टमा उनलाई नखेलाउने निर्णय गरेको छ। इसिबीले अझै ४ टेस्ट बाँकी नै रहेकाले एन्डरसनलाई खेलाएर रिस्क लिन नचाहेको बताएको छ।

इसिबीले एन्डरसनको स्थानमा कुनै पनि खेलाडीलाई टिममा राखेको छैन । बुधबारबाट सुरु हुने एसेस सिरिजमा इंग्ल्यान्ड जो रुटको कप्तानीमा मैदानमा उत्रने छ भने अस्ट्रेलियाको कप्तानी यो पटक प्याट कमिन्सले गर्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अग्रता जोगाउन नसक्दा एभर्टनसँग हार्‍यो आर्सनल
Next post भारतले डिसेम्बर २६देखि दक्षिण अफ्रिका भ्रमण गर्ने
Close