दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो

Read Time:1 Minute

रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल)को तेस्रो स्थानमा उक्लेको छ। शनिबार रात भएको खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गर्दै बैंग्लोर ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको हो ।

१९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ मात्रै बनाएपछि बैंग्लोर विजयी भएको हो । दिल्लीका ओपनर डेविड वार्नरले सर्वाधिक ६६ रन बनाएका थिए । ओपनर पृथ्वी शा १६ रनमा आउट भए । कप्तान ऋषभ पन्त ३४, शार्दुल ठाकुर १७, मिचेल मार्श १४, अक्षर पटेल र कुलदिप यादव १०र१० र ललित यादवले एक रममात्रै जोडे ।

बेंगलोरका जोश हेजलवुडले तीन, मोहम्मद शिराजले २ र वानिन्डु हसरंगा डे सिल्भाले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको बैंग्लोरले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८९ रन बनाएको थियो। बैंग्लोरका दीनेश कार्तिकले ६६ र ग्लेन म्याक्सवेलले ५५ रनको अर्धशकीय पारी खेले । दिल्लीका शार्दुल ठाकुर, कुलदीप यादव, खलिल अहमद र अक्षर पटेलले समान एक विकेट लिए ।

बैंग्लोरले हालसम्म पाँच खेल खेलको छ । लगातार तीन खेल तिलेको बैंग्लोर चौथो खेल भने चेन्नेइ सुपर किंससँग हारेको थियो । पुनः पाँचौं खेल जितेर बंग्लोरले अंक तालिकामा सुधार गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सिटीलाई हराउँदै लिभरपुल एफए कपको फाइनलमा
Next post नेपालले कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने
Close