लोकश र अविनाश चम्किँदा एपिएफको लागातार दोस्रो जित

प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन विभागीय टिम एपिएफ विजयी भएकाे छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशमाथि ७ विकेटको जित निकाल्यो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको बागमतीविरुद्ध एपिएफलाई जित दिलाउन युवा ब्याट्सम्यान लोकेश बमले विस्फोटक ब्याटिङ गरे। बागमतीले दिएको १२६ रनको लक्ष्य एपिएफले १८.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।

विस्फोटक ब्याटिङ गरेका लोकेशले २४ बलमा १० चौका १ छक्का प्रहार गर्दै ५० रन बनाए । यस्तै, अघिल्लो खेलमा अर्धशतक बनाएका प्रदीप ऐरीले ५४ बलमा नटआउट ३५ रन बनाउँदा सन्दीप जोरा १५ रनमा नटआउट रहे। बागमतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिश जिसीले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनायो । सुभास खकुरेल र इशान पाण्डेले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्र्दै राम्रो सुरुआत दिलाए पनि बागमतीले चुनौतिपूर्ण लक्ष्य दिन सकेन । उसका इशानले सर्वाधिक २९ रन बनाउँदा नन्दन यादवले २४ र सुवासले २१ रनको योगदान दिए।

बागमतीलाई कम योगफलमा रोक्ने क्रममा राष्ट्रिय टिमका बलर अभिनाश बोहराले घातक बलिङ गरे। एनले ४ आभेरमा ३२ रन खर्चेर ४ विकेट लिए । यस्तै, कलमसिंह ऐरीले २ विकेट लिए।

एपिएफको यो लागतार दोस्रो जित हो भने बागमतीको पहिलो हार । एपिएफले पहिलो खेलमा प्रदेश २ लाई २४ रनले हराएको थियो भने बागमतीले लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकालेको थियो ।

Facebook Comments Box