लुम्बिनीमाथि एफिएफको ७ विकेटको जित, अपराजित रहँदै सेमिफाइनलमा

प्रधानमन्त्री कप टि–२० प्रतियोृगितामा एपिएफले लागतार चौथो जित निकालेको छ। समूहको अन्तिम खेलमा शुक्रबार एपिएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो।

समूह बीमा अपराजित रहेको एपिएफ समूह विजेताका रुपमा सेमिफाइलन पुगेको छ। अब उसले फाइनल प्रवेशका लागि समूह एको उपविजेतासँग खेल्ने छ। लुम्बिनीको पनि सेमिफाइनल पुग्ने गणितीय सम्भावना बाँकी नै छ । त्यसका लागि अन्तिम खेलमा उसले गण्डकीविरुद्ध ठूलो अन्तरको जित निकाल्नु पर्ने छ भने बागमगी गण्डकीसँगै ठूलो अन्तरले पराजित हुनु पर्नेछ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले दिएको १०५ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमै भेट्टायो। उसका लागि आसिफले २६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४३ रन बनाए ।

यस्तै प्रदीपले २० बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा ३६ रन जोडे । लुम्बिनीका बसिर अहमदले २ तथा सिद्धान्त शाहीले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनायो । लुम्बिनीका देव खनालले ४२ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४३ रन बनाए । सुशान्त थापाले १८ र कप्तान कृष्ण कार्कीले १३ रन जोडे ।

एपीएफका लागि कमल ऐरी, किशोर महतो, अविनाश बोहरा र दीपक बोहराले २(२ विकेट लिए । यस्तै कप्तान शरद भेषावकरले १ विकेट लिए ।

यस्तै प्रदेश २ माथि ५ विकेटको जित निकाल्दै बागमतीले पनि सेमिफाइनल आशा जिवितै राखेको छ। ३मध्ये २ खेल खेलेको बागमतीले अन्तिम खेलमा गण्डकीलाई हराउन सकेन उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाउने छ।

Facebook Comments Box