आसिफ र प्रदीपको ब्याट चल्दा एपिएफ विजयी

Read Time:1 मिनेट

प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितको पहिलो दिन विभगाीय टिम एपिएफ विजयी भएको छ। सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा एपिएफले प्रदेश २ माथि २४ रनको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै एपिएफले दिएको १६४ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश २ ले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो । उसका लागि हरिशंकर शाहले ३६ रन रन बनाए भने युवा ब्याट्सम्यान आदिल आलमले सर्वाधिक ३५ रन बनाए पनि अन्यले गतिलो योगदान नदिँदा प्रदेश २ पराजित भयो।

एपिएफका लागि कमलसिंह ऐरी, अभिनाश बोहरा र भुवन कार्कीले २–२ विकेट लिए ।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १६३ रन बनायो । उसका लागि ओपनरदद्वय आशिफ शेख र प्रदीप ऐरीले अर्धशतकीय योगदान दिए । आसिफले ४५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाउँदा प्रदीपले प्रदीपले ४८ बलमा ९ चौकासहित ६० रन बनाए।

यी दुई पहिलो विकेटका लागि १४.२ ओभरमा १२० रनको साझेदारी गरेका थिए । यस्तै, सन्दीप जोरा १७ रन बनाए । प्रदेश २ का रुपेश सिंहले ४ विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्रिगेड बोइजसँग रोकियो पुलिस
Next post सुवास खकुरेलको अर्धशतकमा बागमतीको जित
Close