
पिएम कप फाइनल : उपाधिका लागि एपिएफले दियो पुलिसलाई १५८ रनको लक्ष्य
काठमाडौं जारी प्रधानमन्त्री कप टि–२० क्रिकेटको उपाधि जित्न नेपाल पुलिस क्लबले १५८ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी फाइलनमा पहिला ब्याटिङ गरेको एपिएफ अन्तिम बलअघि १५७ रनमा अलआउट भएपछि पुलिस १५८ रनको चुनौतीपूर्ण लक्ष्य पाएको हो।
एफिएफका लागि अमरसिंह रौटेलाले सर्वाधिक २९ रन बनाए । उनले १५ बलमा २ चौका ३ छक्का प्रहार गरे । यस्तै, लोकश बमले १५ बलमा १ चौका र ३ छक्काको मद्दतमा २७ रन बनाउँदा सन्दीप जोराले २४, कप्तान शरद भेषावरकले १९ र भुवन कार्कीले १७ रनको योगदान दिए।
खेलमा सुरुआतदेखि नै विकेट गुमाए पछि दबाबमा आएको एपिएफलाई भुवन र अमरले बलियो स्थितिमा पु¥याएका थिए । १४.३ ओभरमा १०४ रन बनाउँदा ७ विकेट गुमाउँदै कमरोज गरेको एफिएफलाई आठौं विकेटका लागि भुवन र अमले ४२ रनको साझेदारी गर्दै बलियो अवस्थामा पु¥याए।
पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस्तै सागर ढकालले ३.५ ओभरमा २९ रन खर्चेर ३ विकेट नै लिए । गुल्सन झाको नाममा पनि २ विकेट रह्यो।
जारी प्रतियोगितामा दुवै टिमले शतप्रतिशत जित निकालेका छन्। एपिएफले समूह बीमा चारै खेल जित्दा सममूह एमा पुलिसले पनि त्यही नतिजा निकालेको थियो । फाइलनमा दुवै टिमले केही स्टार खेलाडीलाई भने बेन्चमा राखेका छन्। एपिएफले कमलसिंह ऐरीलाई बेन्चमा राख्दा पुलिसले कुशल भुर्तेल र करण केसीलाई बेन्चमा राखेको छ।