दीपेन्द्रले शतक र पनवले ५ विकेट लिँदा पनि हार्‍यो पुलिस, एपिएफ १ विकेटले विजयी

दीपेन्द्रसिंह ऐरीले शतक र पवन सर्राफले ५ विकेट लिए पनि काठमाडौंमा जारी काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विभागीय टिम पुलिस क्लब पराजित भएको छ । आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पुलिस एपिएफ क्लबसँग इनिङको एक बल बाँकी छँदा १ विकेटले पराजित भयो।

पहिला ब्याटिङ गर्दै पुलिसले दिएको २५९ रनको लक्ष्य पछ्याएको एपिएफले १ बल बाँकी छँदा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। एपिएफलाई जित दिलाउन सन्दीप जोरार सुवास खकुरेलले अर्धशतकीय योगदान दिए । जोराले ६५ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए भने खकुरेलले ७९ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाए ।

यस्तै, आसिफ सेखले ४८ बलमा ४२ रन बनाए भने सुमित महर्जनले ३३ र अविनाश बोहराले ८ बलमा १२ रन बनाउँदै टिमलाई जित दिलाए । एपिएफको जितमा सुवास र आसिफको पहिलो विकेटका लागि ६७ रनको साझेदारी महत्वपूर्ण रह्यो। पुलिसका पवन सर्राफले ९ ओभरमा ४५ रन खर्चेर ५ विकेट लिए ।

यसअघि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेपछि पुलिसले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २५८ रन बनाएको थियो। चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले १३१ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १४० रन बनाए।

यस्तै, पवन सर्राफले ३० बलमा ३५ रन बनाए भने सुनिल धमलाले ७२ बलमा ३३को योगदान दिए । एफिइफका कप्तान शरद भेषावकरले ३ तथा अभिनाश बोहराले २ विकेट लिए ।

टिम पराजित भएपछि पुुलिसका दीपेन्द्र प्लेयर अफ दी म्याच घोषित भए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.