प्रधानमन्त्री कप उपाधि एपिएफ, दीपेन्द्रको अर्धशक बाबजुद पुलिस २१ रनले पराजित

Read Time:3 मिनेट

प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपिएफ क्लबले जितेको छ। बुधबार कीर्तिपुस्थित टियू मैदानमा भएको फाइनलमा पुलिस क्लबलाइृ २१ रनले हरउादै एपिएफले उपाधि जित्यो।

एपिएफलाई उपाधि दिलाउन अमरसिं रौटेला ब्याटिङमा र किशोर महतो बलिङमा चम्किए । एपिएफले दिएको १५८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पुलिसले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो ।

पुलिका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६५ रन बनाए पनि टिमलाई उपाधि दिलाउन सकेनन् । उनले ५४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ६५ रन बनाए। यस्तै, दिलिपनाथले २३, आसिफ सेखले १२ र अनिल साहले १२ रनको योगदान दिए।

बलिङमा एपिएफका किशोर महतोले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । यस्तै? अमरसिंह राउटेला, अभिनाश बोहरा दीपक बोहराले १–१ विकेट लिए ।

टियू मैदानमा पहिला ब्याटिङ गरेको एपिएफ अन्तिम बलअघि १५७ रनमा अलआउट भएपछि पुलिस १५७ रन बनायो । एफिएफका लागि अमरसिंह रौटेलाले सर्वाधिक २९ रन बनाए । उनले १५ बलमा २ चौका ३ छक्का प्रहार गरे ।

यस्तै, लोकश बमले १५ बलमा १ चौका र ३ छक्काको मद्दतमा २७ रन बनाउँदा सन्दीप जोराले २४, कप्तान शरद भेषावरकले १९ र भुवन कार्कीले १७ रनको योगदान दिए।

खेलमा सुरुआतदेखि नै विकेट गुमाए पछि दबाबमा आएको एपिएफलाई भुवन र अमरले बलियो स्थितिमा पु¥याएका थिए । १४।३ ओभरमा १०४ रन बनाउँदा ७ विकेट गुमाउँदै कमरोज गरेको एफिएफलाई आठौं विकेटका लागि भुवन र अमले ४२ रनको साझेदारी गर्दै बलियो अवस्थामा पु¥याए।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस्तै सागर ढकालले ३।५ ओभरमा २९ रन खर्चेर ३ विकेट नै लिए । गुल्सन झाको नाममा पनि २ विकेट रह्यो।

टि–२० विश्वकपको ग्लोबल छनोटको तयारीका टि–२० फर्म्याटमा खेलाइएको प्रतियोगितामा एपिएफले शतप्रतिशत जितसहित उपाधि उचाल्यो । उसले उपाधिसँगै ५ लाख रुपैयाँ पाउँदा पुलिसले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बन्द प्रशिक्षणमा आयुष, दिनेश र कमल आउट, सन्तोष र प्रशान्त इन
Next post आसिफ सर्वोत्कृष्ट, कुशल र अनिल उत्कृष्ट
Close