पिएम कप महिला क्रिकेटको उपाधि एपिएफलाई

Read Time:1 Minute

विभागीय टिम एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो।

प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४।२ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। एपीएफको जितमा ज्योति पाण्डेले अविजित रहँदै सर्वाधिक ३६ रन जोडिन्। यता, ममता चौधरीले अविजित १९ रन बनाइन् भने इन्दु वर्मा ५ तथा रोमा थापा ४ रनमा आउट भइन्।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन्। यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाएको थियो।

प्रदेश १ का लागि कप्तान रुविनाले सर्वाधिक ३४ रन बनाइन् भने अप्सरी वेगम ११ र कञ्‍जल श्रेष्ठ ४ रनमा आउट भइन्। एपीएफकी सीता रानामगरले सर्वाधिक ३ विकेट लिइन्।

उपाधिसँगै एपीएफले ५ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता प्रदेश १ ले ३ लाख रुपैयाँमा चित्त बुझायो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टिमको दोस्रो जित
Next post काभानीको गोलमा हारबाट जोगियो युनाइटेड
Close