नेपालविरुद्ध शतक बनाएक अकिब भन्छन्– नेपाली दर्शकको माया जीवनभर भुल्दिनँ

विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी क्रिकोणात्मक सिरिजमा नेपालविरुद्ध आइतबार कीर्तिपुरस्थित टियु मौदनमा सानदार शतक बनाएका ओमानी ब्याट्सम्यान अकिब इल्यासले शतक नेपाली दर्शकप्रति समर्पित गरेका छन् ।

नेपालविरुद्ध ओमानलाई विकेटको जित दिलाउने क्रममा अकिबले नटआउट १०९ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनले कप्तान जिसन मक्सुदसँग १६३ रनको कीर्तिमानी सझोदारी गरेका थिए । खेलमा ४ विकेट पनि लिएका कबिल प्लेयर अफ दी म्याच समेत बने ।

पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै अकिबले आजको शतक नेपाली दर्शकलाई समर्पित गर्न चाहेको बताए । उनले नेपाली समर्थकको व्यवहारले आफूलाई लोभ्याएको समेत बताए । ‘मैले दर्शकले विपक्षी टिमविरुद्ध गर्ने यस्तो व्यहार कहिल्यै देखैको थिइनँ,’ अकिबले भने, ‘उहाँहरू विपक्षी खेलाडीलाई पनि हौसाइरहनु भएको थियो, यस्तो व्यवहारले ममात्र होइन हामीसबै अम्मिच छौं ।’

सन्दीप लामिछानको बलमा एक रन लिँदै शतक बनाएपछि अकिबले दर्शकतर्फ फर्कँदै ब्याट उठाएर अभिवादन गरेका थिए । दर्शकले पनि उनलाई उठेर ताली बजाएर बधाई दिएका थिए ।
‘यस्तो दर्शकबीच शतक बनाउन पाएँ, यो मेरो जीवनकै अविष्मरणीय क्षण हो,’ अकिबले भने, ‘अब म फेरि नेपाल आउँछु या आउँदिन त्यो त थाहा छैन, तर दर्शकको यो माया सँधैँ मेरो मन मनस्तिष्कमा रहिरहने छ । दर्शकले जुन माया दिनु भयो त्यसैको लागि शतक उहाँहरुप्रति समर्पित गरेको हुँ ।’

ओमानले नेपालमा उत्कृष्ट प्रदर्शन गर्नुको एउटा कारण नेपाली दर्शक भएको पनि बताए । साथै उनले यहाँको वातारवाण पनि आफूहरुका लागि अनुकुल भएको बताए । ‘हामी धेरैजासो गर्मीमा अभ्यास गर्छौं, खेलपछि धेरै थकाई लाग्छ । तर, यहाँ त्यस्तो छैन,’ अकिबले भने, ‘नेपाली दर्शकको साथले थकाईको सहसुस नै हुँदैन । हाम्रो उत्कृष्ट प्रदर्शनको पछाडि यो पनि एउटा कारण हो ।

खेलपछि पनि मैदनका एक भागमा केही समर्थक ओमानी टिमको समर्थन गरिरहेका थिए । धेरैले अकिब अकिब भनिरहेका थिए । पुरस्कारविरण सकिएलगत्तै अकिब दर्शक भएतिर आए, समर्थकसँग फोटो खिचाए र सेल्फि पनि लिए । साथै उनले आफूले लगाएको आउटर दर्शकलाई दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.