जितेन्द्र मुखियाको घातक बलिङमा आर्मी विजयी

Read Time:1 Minute

आजबाट काठमाडौंमा सुरु भएको प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब विजयी भएको छ। नेपाली राष्ट्रिय टिमका पूर्व बलर जितेन्द्र मुखियाले घातक बलिङ गरेपछि सोमबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ६३ रनको जित निकाल्यो।

आर्मीले दिएको ११७ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १४.४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो। उसका लागि अर्जुन घर्तीले १६ र रवीन्द्र शाहीले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

कर्णाली प्रदेशलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले चार विकेट लिए । उनले ४ ओभरमा १५ रन मात्र खर्चिए । यस्तै सुशन भारी र साहब आलमले समान दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार गरेको थियो। उसका लागि कप्तान विनोद भण्डरीले २९, हरि चौहानले २० रनको योगदान दिए। बलिङतर्फ कर्णालीका प्रकाश जैसीले तीन विकेट लिए भने अनुज चुनराले दुई विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लियोनसँग रोकियो पिएसजी
Next post लो स्कोरिङ म्याचमा बलिङमा चम्किए आरिफ, सुदूरपश्चिममाथि पुलिसको २ रनको रोमाञ्चक जित
Close