आईपिएलमा चेन्नईको छैठौं हार

Read Time:1 Minute

इन्डियन प्रिमियर लिग (आईपिएल) मा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले छैठौं हार बेहोरेको छ। छैठौं हार बेहोर्ने क्रममा सोमबार राति भएको खेलमा चेन्नई पन्जाब किंग्ससँग ११ रनले पराजित भयो ।

१८८ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो। उसका का अम्बाती रायडुले ३९ बलमा सर्वाधिक ७८ रन बनाए। विस्फोटक इनिङ खेलेका उनले ७ चौका ६ छक्का प्रहार गरे। पन्जाबका कागिसो रबाडा र ऋषि धवनले समान २ विकेट लिए।

टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। उसका शिखर धवनले ५९ बलमा अविजित ८८ रन बनाए। भानुका राजपक्षले ३२ ४२ रन बनाउँदा ओपनर मयंक अग्रवालले १८ तथा लियाम लिभिङस्टोन १९ रन बनाए। चेन्नईका ड्वेन ब्राभोले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए।

चौंथो जित निकालेको पञ्जाब ८ खेलमा ८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। यता, २ खेल मात्र जितेको चेन्नई ४ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।

चेन्नईले अब आइतबार हैदराबादसँग खेल्नेछ भने पन्जाबले आगामी शुक्रबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अर्जेन्टिनासँगको खेलपछि चिलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने
Next post च्याम्पियन्स लिग सेमिफाइनल : स्पेन भर्सेस इंग्ल्यान्ड
Close