अस्गर अफगान पुनः बर्खास्तीमा

अफगानिस्तान राष्ट्रिय टिमका कप्तान अस्गर अफगान पुन बर्खास्तीमा परेका छन् । अफगानिस्तान क्रिकेट बोर्डले अस्गर अफगानलाई दोस्रो पटक कप्तानबाट बर्खास्त गरेको हो।

जिम्बाबेविरुद्धको सिरिजमा कप्तानको खराब रणनीतिकका पराजय भोग्नु परेको भन्दै बोर्डले अफगानलाई कप्तानबाट हटाएको हो। यसअघि उनी सन् २०१९को एकदिवसीय विश्कवपको ठीकअघि पनि कप्तानबाट बर्खास्तीमा परेका थिए।

अफगानको स्थानमा बोर्डले हस्मतुल्लाह शाहिदीलाई एकदिवसीय र टेस्ट टिमको कप्तानी दिएको छ भने रहमत शाह उपकप्तान चयन गरेको छ।

बोर्डले टि–२० टिमको कप्तान भने कसैलाई तोकेको छैन । बोर्डले टि–२० टिमको कप्तानी रसिद खानलाई दिने तयारी गरेको बताइएको छ।

Facebook Comments Box