क्रिकेटराष्ट्रिय क्रिकेट

क्रिकेटर आसिफ सेखमाथि अनैतिक शारीरिक सम्बन्ध राखेको आरोप

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ सेखमाथि एक महिलाले अनैतिक सम्बन्ध राखेको आरोप लगाएकी छिन्।

आफूमाथि आफिसले अनैतिक सम्बन्ध राखेको भन्दै एक युवतीले आज कालिमाटी प्रहरी चौकीमा उजुरी दिएकी छिन्। गौशालाको एक होटलमा लगेर आफूलाई अनुचित प्रभावमा पारेर आसिफले शारीरिक सम्बन्ध राखेको अराोप लगाएकी छिन्।

‘सोल्टीमोडस्थित हायात प्यालेस होटलमा इन्टर्नमा काम गर्दा आसिफसँग चिनजान भयो, सोसल मिडियामा बोलचाल हुँदै गयो। म त्यहाँ कार्यरत रहिरहँदा झुक्यानमा पारी गौशालास्थित एक होटलमा लगी अनुचित प्रभावमा पारेर शारीरिक सम्पर्क राखेको थियो,’ ती युवतीले निवेदनमा लेखेकी छिन्।

उनले त्यसपछि आसिफ विस्तारै सम्पर्कबिहीन भएको र त्यसपछि फेरि ५–६ महिनापछि सोसल मिडियामा बोल्न थालेको उल्लेख गरेकी छिन्। त्यसपछि फेरि एन वा क्याफेमा भटेर आसिफले आफूलाई अनुचित प्रभावमा उनले उजुरीमा उल्लेख गरेकी छिन्।

आसिफले आफूसँग सुरक्षित शारीरिक सम्बध राखेर महिनावारी रोकिँदा आफू मानसिक तनावमा परेको उल्लेख गरेकी छिन्। ती युवातीले आसिफविरुद्ध अर्की एक युवातीले उजुरी दिएपछि आफूमा पनि उजुरी दिने हिम्मत आएको उल्लेख गरेकी छिन्।