क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । बुधबार एक कार्यक्रम गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानबाट राजीनामा दिएका हुन्।

श्रेष्ठ र प्याकुरेल दुवै दुई वर्षअघि निर्वाचति भएका थिए । पदावधि नसकिँदै दुवैले पदबाट राजीनामा दिएका हुन्। राजीनामा घोषणा गर्दै उनीहरुले क्यान नेतृत्वसँग कुनै छलफल नभएको बताएका छन्।

राजीनामा घोषणा गर्न आयोजित कार्यक्रममा सचिव प्याकुरेलले आइसिसीबाट क्यानको निलम्बन फुकुवा भएको र बजेट लगायत सबै आउन थालेकाले आफूहरूको लक्ष्य पूरा भएकाले राजीनामा दिएको बताए।

Facebook Comments Box