कप्तानीका रोहित शर्माको विजयी सुरुआत, न्युजिल्यान्डविरुद्ध भारत ५ विकेटले विजयी

Read Time:2 Minute

कप्तानीका रुपमा रोहित शर्मा र प्रशिक्षका रुपमा राहुल द्रबिडले भारतीय टिममा सुखद सुरुआत गरेका छन्। न्युजिल्यानडविरुद्धको टि–२० सिरिज मार्फत नै रोहितले कप्तानी र द्रबिडले प्रशिक्षकका रुपमा भारतीयमा आफ्नो यात्रा थालेका हुन्।

कप्तानका रुपमा रोहित र प्रशिक्षका रुपमा द्रबिडको डेब्यू खेलमा भारतले न्युजिल्यान्लाई पाँच विकेटले हरायो। जयपुरमा भएको खेलमा न्युजिल्यान्डले दिएको १६५ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो।

भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक ६२ रन बनाए । उनले ४० बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित शर्माले ३६ बलमा ४८ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे।

यस्तै, ऋषव पन्त १७ रनमा अविजित रहँदा केएल राहुल १५ रन बनाएर आउट भए। न्युजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । उसका मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतक बनाए । ओपनर गुप्टिलले ४२ बलमा सर्वाधिक ७० रन बनाउँदा मार्क चापमानले ५० बलमा ६३ रन जोडे ।

भारतका भुवनेश्वर कुमार रविचन्द्रन आश्विनले दुई-दुई तथा दीपक चाहर र मोहम्मद सिरिजले समान एक विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रोनाल्डोलाई पछि पार्दै मेसीले जित ‘गोल ५०’ अवार्ड
Next post फोर नेसन्स कप खेल्न नेपाललाई भारतको प्रस्ताव
Close