श्रीलंकाबाट सर्‍यो एसिया कप, अब युएईमा

Read Time:1 मिनेट

एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले युएईमा एसिया कप आयोजना गर्ने भएको छ। यसअघि श्रीलंकामा गर्ने भनिएको प्रतियोगिता युएईमा सारिएको हो।

मूल आयोजक श्रीलंकासँग आयोजना गर्ने अधिकार सुनिश्चित गर्दै युएईमा सारिएको हो। श्रीलंकामा आर्थिक संकटका कारण एसिया कप देश बाहिर सरेको देखिए पनि श्रीलंकाले आयोजकको अधिकार कायम राख्नेछ। प्रतियोगिता अब अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म युएईमा हुनेछ।

‘श्रीलंकामा एसिया कप आयोजना गर्न सबै प्रयास गरिएको थियो र धेरै विचार–विमर्शपछि स्थान युएईमा सार्ने निर्णय गरिएको छ’ एसीसीका अध्यक्ष जय शाहले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘यूएई नयाँ स्थान हुनेछ जबकि श्रीलंकाले होस्टिंग अधिकार कायम राख्नेछ।’

सन् २०१८ मा अन्तिम पटक खेलिएको एसिया कप टी–२० ढाँचामा खेलाइने छ, जसमा ९ टोलीको सहभागिता रहनेछ। यूएई, कुवेत, सिंगापुर र हङकङसहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ८ पटकको च्याम्पियन जर्मनी महिला युरोकपको फाइनलमा
Next post सन्दीपले वेस्टइन्डिजमा ‘द सिक्टी’ खेल्ने
Close