एसिया कप क्रिकेट स्थगित हुने

आगामी जुनमा श्रीलंकामा हुने भनिएको एसिया कप टी–२० क्रिकेट प्रतियोगिता स्थगित हुने भएको छ। कोरोना महमारीका कारण लगातार दोस्रो वर्ष पनि एसिया कप स्थागित हुन लगोको हो।

कोरोना भाइरस महामारीका कारण एसिया कप स्थगित गर्न लागिएको श्रीलंका क्रिकेटका चिफ एक्जुकेटिभ अश्ले डे सिल्भाले जनाएका छन् । उनले अहिलेको अवस्थामा जुनमा प्रतियोगिता आयोजना गर्न सम्भव नभएको बताए ।

कोरोनाकै कारण गत वर्ष पाकिस्तानमा हुने भनिएको एसिया कप स्थगित भएको थियो । यस वर्षका लागि श्रीलंकामा आयोजना गर्ने तय थियो ।

डे सिल्भाले एसिया कप अब २०२३ को एकदिवसीय विश्वकपपछि मात्र हुन सक्ने समेत बताएका छन् । यसबारे एसियन क्रिकेट काउन्सिलले छिटै आधिकारिक घोषणा गर्ने उनले बताए ।

एसिया कपको पछिल्लो संस्करण सन् २०१८ मा युएईमा भएको थियो । ५० ओभर फर्म्याटमा भएको उक्त प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।

Facebook Comments Box