एसिया कपको दोस्रो खेल आज घरेलु टोली श्रीलंका र बंगलादेशबीच भीड्दै छन्। श्रीलंकाको पल्लेकेले रंगशालामा हुने खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ।
साविक विजेता श्रीलंकाले बंगलादेशलाई आफ्नो होम ग्रउण्डमा हराएर एसिया कपको शुरुवात जीतका साथ गर्न चहन्छ। यी दुई टोलीले आफ्ना प्रतिद्धन्द्धीहरुसँग खेलेका पछिल्ला ५ खेल हेर्ने हो भने बंगलादेशले ३ वटा खेल जितेको छ भने २ वटा खेल हारेको छ।
श्रीलंका भने राम्रो लयमा देखिएको छ उसले आफ्ना ५ वटा खेलमा ५ वटै खेलमा जीत निकालेको छ । श्रीलंकाको टोली भने अहिले युवा टोली छ र यसले विश्व क्रिकेटमा अहिले राम्रो प्रदर्शन गरिरहेको छ।
यी दुई टोलीले २०२१ भन्दा यता खेल खेलेका छैनन्। पछिल्ला ५ भेटमा बंगलादेशले दुई खेलमा जीत निकालेको छ भने ३ खेलमा श्रीलंकाले जितेको छ।
यी दुई टोलीको हेडटु्हेड हेर्ने हो भने जम्मा ५१ खेल खेलेका छन् जसमा ४० खेल श्रीलंकाले जीतेको छ भने ९ खेलमा बंगलादेश विजयी भएको छ। २ खेल नतिजाविहीन भएको छ ।
यसरी यी दुई टोलीको भेटको विश्लेषण गर्दा बंगलादेश भन्दा श्रीलंकाको टीम बलियो देखिन्छ। यता श्रीलंकाले होम क्राउडको फाइदा पनि उठाउन सक्छ।
एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्।
एसिया कपमा नेपालसहित अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन्। एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका हो।