एसिया कप रद्द भइसक्यो : गांगुली

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का अध्यक्ष सौरभ गांगुलीले एसिया कप टि–२० प्रतियोगिता रद्द भएको बताएका छन् । गांगुलीले एक कार्यक्रममा बोल्दै बुधबार आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको प्रतियोगिता रद्द भएको बताएका हुन् ।

गांगुलीले एसिया कप रद्द भएको बताए पनि आयोजक एसियन क्रिकेट काउन्सिल (एसीसी) भने यस विषयमा मौन छ । एसियाकप भएपनि पाकिस्तानमा नहुने भने पक्का छ । पाकिस्तान र भारतको विवादका कारण प्रतियोगिता पाकिस्तानमा नहुने पक्का भएको हो ।

कोरोनाको महामारी कायम रहेपछि प्रतियोगिता अन्योलमा रहेको छ । पछिल्लो समय आयोजक पाकिस्तान एसिया कप श्रीलंका र युएई मध्ये एक राष्ट्रमा गर्ने बताउँदै आएको छ ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय छ । नेपालले पनि एसिया कपको छनोट प्रतियोगिता खेलेको थियो, तर नेपाल पहिलो चरणमै रोकिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.