एसिया कप श्रीलंक वा युएईमा हुने

यसैवर्ष पाकिस्तानमा हुने भएपनि एसिया कप टि–२० क्रिकेट प्रतियोगिता श्रीलंका वा युईएमा हुने भएको छ । भारत र पाकिस्तानबीचको विवादका कारण एसिया कप पाकिस्तानमा नहुने भएको हो ।

पाकिस्तान क्रिकेट बोडएका सिईओ वासिम खानले एसिया कप श्रीलंका वा युएईमा गर्नेबारे छलफल भइरहेको बताएका छन् । भारतले पाकिस्तान भ्रमण नगर्ने बताएपछि एसिसीले प्रतियोगिताको आयोजनाका लागि विकल्प खोजेको हो ।

पाकिस्तान क्रिकेटका सीईओ खानले कोरोना भाईरस कम देखिएकोले श्रीलंकामा आयोजना हुने सम्भावना बढी भएको समेत बताए । ‘प्रतियोगिता मा निश्चित समयमा हुनेछ । हामी एसिया कपका लागि आशावादी छौँ,’ खानले भनेका छन्, ‘किनकि श्रीलंकामा कोरोना भाईरसको केसहरु धेरै छैनन् । यदी उनीहरु गर्न सक्दैनन् भने युएई पनि तयार छन् ।’

कोरोना भाइरसको महामारी कायमै रहेकाले एसिया कप अन्योलता भने कायमै छ । तर, तर, सीईओ खानले एसिया कप सेप्टेम्बर र अक्टोबरभित्रमा आयोजना हुने बताए । उनले भने, ‘एसिया कप अगाढी बढ्नेछ । पाकिस्तानी टिम सेप्टेम्बरको दोस्रो साता इंग्ल्यान्डबाट फर्कनेछ । त्यसपछि हामी सेप्टेम्बर वा अक्टोबरमा प्रतियोगिता सक्ने छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *