
आसिफ सर्वोत्कृष्ट, कुशल र अनिल उत्कृष्ट
ओपनर आसिफ शेख प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बनेका छन्। एपिएफलाई च्याम्पियन बनाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका आफिस प्रतियोगितकै सर्वोत्कृष्ट खेलाडी बनेका हुन्।
युवा ब्याट्सम्यान आसिफले प्रतियोगितामा २ अर्धशतकसहित सर्वाधिक २२७ रन बनाएका थिए। यस्तैले सर्वाधिक १४ छक्का प्रहार गरेका थिए भने प्रदीप ऐरीसँगै सर्वाधिक २४ चौका पनि प्रहार गरेका थिए ।
यस्तै, उपविजेता पुलिस क्लबमा ओपनर कुशल भुर्तेल प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बनेका छन् । उनले प्रतियोगिताका कुल १८२ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउनेमा आसिफ र प्रदीपपछि तेस्रो स्थानमा रहे।
यस्तै, लुम्बिनी प्रदेशका स्पिनर अनिल खरेल प्रतियोगिताको उत्कृष्ट बलर बनेका छन्। प्रतियोगिताका सर्वाधिकक विकेट लिनेको सूचीमा तेस्रो स्थानमा रहेका अनिलले कुल १० विकेट लिएका छन् । १४ विकेट लिएका दीपेन्द्रसिंह ऐरी शीर्ष स्थानमा छन् भने १२ विकेट लिएका अविनाश बोहरा दोस्रो स्थानमा रहे।
सर्वोत्कृष्ट खेलाडी बनेका आसिफले ३० तथा उत्कृष्ट बनेका कुशल र अनिलले समान २० हजार रुपैयाँ प्राप्त गरे।