सकिबले कीर्तिमान बनाउँदा पाँचौं टि–२० बंगलादेश विजयी

बंगलादेशका अलराउण्डर शकिब अल हसनले टि–२० अन्तर्राष्ट्रियमा १ सय र १ हजार रन बनाउने कीर्तिमान बनाएको खेलमा बंगलादेशले अस्ट्रेलियामाथि सहज जित निकालेको छ। सोमबार ढाकामा भएको खेलमा सकिबले १ सय विकट र १ हजार रन बनाउँदा टि–२० सिरिजको पाँचौं खेलमा बंगलादेशले अस्ट्रेलियालाई ६० रनले हरायो ।

यो जितसँगै बंगलादेशले अस्ट्रेलियाविरुद्धको ५ खेलको सिरिजन ४–१ले जित्दै इतिहास पनि बनाए । अस्ट्रेलियाविरुद्ध बंगलादेशले पहिलो सिरिज जितेको हो।

सकिब टि–२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडीसमेत बनेका छन् । टि–२० मा यसअघि श्रीलंकाका लासिथ मालिंगाले १०० विकेट पूरा गरेका थिए । मालिंगाले १०७ विकेट लिएका छन्।

पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको १२३ रनकोृ सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलिया ६२ रनमै अलआउट भयो । यो अस्ट्रेलियाको टि–२० क्रिकटको सबैभन्दा कम योगफल हो।

उसका लागि कप्तान म्याथ्य वेडले २२ र बेन म्याकडेर्मोटले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन सकेनन् । अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा शकिबले ३.४ ओभरमा १ मेडन राख्दै ९ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, मोहम्मद सैफुद्दिनले ३ ओभरमा १२ रन खर्चेर ३ तथा नासुम अहमदले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए।

त्यसअघि बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकृेटको क्षतिमा १२२ रन बनाएको थियो । उसका लागि मोहम्मद नइमले सर्वाधिक २३ रन बनाउँदा कप्तान मोहमम्दुल्लाहले १९ रनको योगदान दिए । अस्ट्रेलियाका नाथन इलिस र डान क्रिस्टियनले समान २ विकेट लिए।

Facebook Comments Box