अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेट

यस्तो छ विश्वकप खेल्ने अस्ट्रेलियन टिम

भारतमा अर्को महिना आयोजना हुने एकदिवसीय विश्वकपका लागि अस्ट्रेलियाले आफ्नो टिम घोषणा गरेको छ।

क्रिकेट अस्ट्रेलियाले बुधबार प्रारम्भिक टिमबाट ३ खेलाडीलाई बाहिर राख्दै प्याट कमिन्सको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो। प्राम्भिक टिमबाट अलराउण्डर आरोन हार्डी, फास्ट बलर नाथन इलिस र स्पिनर तनविर सांगा बाहिरिएका छन्।

सर्वाधिक ५ पटकको च्याम्पियन अस्ट्रेलियाले अनुभवी खेलाडीलाई प्राथमिकता दिँदै विश्वापका लागि टिम घोषणा गरेको छ। टिममा कप्तान कमिन्ससँगै स्टिभ स्मिथ, डेविन वार्नर, मिचेल मार्श, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस, मिचेल स्टार्क, नाथन लियोन जस्ता अनुभवी खेलाडी छन्।

अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म चल्ने विश्वकपमा अस्ट्रेलियाले अक्टोबर ८ आयोजक भारतसँग पहिलो खेल खेल्ने छ।

विश्वकपअघि अस्ट्रेलियाले दक्षिण अफ्रिका र भारतसँग एकदिवसीय सिरिज खेल्ने छ।

अष्ट्रेलियन टिम : प्याट कमिङ्स ९कप्तान०, स्टिभ स्मिथ, एलेक्स केसी, जोस इंग्लिस, सिन अबोट, एस्टन एगर, क्यामरुन ग्रीन, जोस हेजलउड, ट्रेभिस हेड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा, मिचेल स्टार्क