
दक्षिण अफ्रिकामाथि अस्ट्रेलियाको सानदार जित
Read Time:1 Minute
तीन टेस्टको सिरिजको दोस्रो खेलमा अस्ट्रेलिया एक इनिङ्स र १ सय ८२ रनले विजयी भएको छ। यससँगै अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको तीन टेस्टको सिरिजमा पनि २–० को निर्णायक अग्रता लिएको छ।
दक्षिण अफ्रिकाले टेस्टको चौथो दिन एक विकेट गुमाएर १५ रनबाट खेल्न अगाडि सुरु गरेको थियो र ब्रेक अगाडि २ सय ४ रन बनाएर अलआउट भयो । यसअघि दक्षिण अफ्रिका ब्रिसवेनमा भएको पहिलो टेस्टमा छ विकेटले पराजित भएको थियो।
अस्ट्रेलियाले आठ विकेट गुमाएर ५ सय ७५ रन बनाएपछि दक्षिण अफ्रिका पूर्णतः दबाबमा रहेको थियो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा २ सय ४ रन बनाएको थियो।