एसेसमा अस्ट्रेलिया बलियो, सिरिजमा २–०को अग्रता

Read Time:2 मिनेट

घरेलु मैदानमा जारी एसेस सिरिजमा अस्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गरेको छ। सोमबार सकिएको दोस्रो टेस्टमा इंग्ल्यान्डलाई २७५ रनको फराकिलो अन्तरले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमा २–०को अग्रता लिएको छ। यसअघि ब्रिसबनमा भएो पहिलो टेस्ट अस्ट्रेलियाले ९ विकेटले जितेको थियो।

४६८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा १९० रनमै अलआउट भयो। उसका क्रिस वोक्सले सर्वाधिक ४४ रन बनाउँदा रोय ब्रनर्सले ३४ र जोस बट्लरले २६ रनको योगदान दिए । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका झेइ रिचर्डसनले ५ तथा मिचेल स्टार्क र नाथन लियोनले समान २ विकेट लिए।

यसअघि अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २३० रन बनाउँदै इंग्ल्यान्डलाई ४६८ रनको विशाल लक्ष्य दिएको थियो । उसका लागि त्रभिस हेड र मार्नस लाबुसेनले समान ५१ रन बनाएका थिए । इंग्ल्यान्डका डेविड मलान, कप्तान जो रुट र अ‍ोली रोबिन्सनले समान २ विकेट लिए।

पहिलो इनिङमा इंग्ल्यान्ड २३६ रनमै अलआउट भयो। उसका डेविड मलानले सर्वाधिक ८० रन बनाउँदा कप्तान रुटले ६२ रनको योगदान दिए । बेन स्टोक्सले ३४ र क्रिस वोक्सले २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । अस्ट्रेलियाका मिचेल स्टार्कले ४ र नाथन लियोनले ३ विकेट लिए।

यसअघि ९ विकेटको क्षतिमा ४७३ रन बनाउँदा अस्ट्रेलियाले पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो। उसका मार्नस लाबुसेनले १०३ रनको शतकीय इनिङ खेले । यस्तै, डेविड वार्नरले ९५ र कप्तान स्टिभ स्मिथले ९३ रनको योगदान दिए । इंग्ल्यान्डका इंग्ल्यान्डका बेन स्टोक्सले ३ तथा जेम्स एन्डरसनले २ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एसिया कप खेल्ने यू–१९ टिमकाे बिदाई, आजै युएई जाने
Next post सन्दीप पुनः विकेटबिहीन, हुरिकेन्सको फराकिलो हार
Close