महिला टि–२० विश्वकप : भारतसँग बदला लिँदै अस्ट्रेलिया बन्यो च्याम्पियन

अस्ट्रेलियाले पाँचौ पटक आइसिसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ। आइतबार मेलवर्नमा भएको विश्वकपको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अस्ट्रेलिया पाँचौ पटक च्याम्पियन बनेको हो। 

यसअघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा उपाधि जितेको थियो । भारतले भने विश्वकप जित्न सकेको छैन् । सन् २००९ मा इंग्ल्यान्ड र २०१६मा वेस्टइन्डिज च्याम्पियन बनेको थियो । योसँगै अस्ट्रेलियाले समूह चरणमा प्राप्त हारको बदला पनि लियो । समूह चरणमा अस्ट्रेलिया १७ रनले पराजित भएको थियो ।

अष्ट्रेलियाले दिएको १८५ रनको लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा अलआउट हुँदै ९९ रन मात्र बनाउन सक्यो । फाइलनमा भारत सुरुवातमै दबाबमा आएको थियो । उसले ३० रन बनाउँदै महत्वपूर्ण ४ विकेट गुमाएको थियो।

भारतका लािग भेदा कृष्णमुर्तीले सार्वधिक १९ रन बनाइन भने ऋचा घोषले १८ र स्मृति मन्डानाले ११ रनको योगदान दिइन । अन्य ब्याट्सम्यान भने सस्तैमा पभेलियन फर्किए । भारतलाई सस्तैमा समेट्ने क्रममा मेगन स्कटले ३.१ ओभरमा १८ रन मात्र खर्चेर ४ विकेट लिइन् । यस्तै जोनासेनल ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । ओपनरद्वय हेली र मुनीले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

हेलीले ३९ बलमा ७ चौका र ५ छक्का मद्दतमा ७५ रन बनाइन भने मुनीले ५४ बलमा १० चौका प्रहार गर्दै नटआउट ७८ रन बनाइन् । यस्तै, कप्तान मेग लानिङले १६ रन बनाइन् । भारतकी दिप्ती शर्माले २ विकेट लिइन्।

अष्ट्रेलियाकी हेली खेलको प्लेअर अफ दि म्याच घोषित भइन् भने अष्ट्रेलियाकै बेथ मुनी प्लेअर अफ दि सिरिज घोषित भइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP