पहिलो एकदिवसीयमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो

तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टिम अस्ट्रेलियान विजयी भएको छ । शुक्रबार राति म्यानचेस्टरमा भएको एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले घरेलु टिम इंग्ल्यान्डलाई १९ रनले हरायो ।

पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको २९५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निधर्धारित ओभरमा ९ विकेट गुमाएर २७५ रन मात्र बनाउन सक्यो । उसका साम विलिङ्सले शतकीय पारी खेले टिमलाई जित दिलाउन सकेनन् । उनले ११० बल खेल्दै १४ चौका र २ छक्काको मद्दता ११८ रन बनाए । यस्तै, जोनी बेइस्ट्राृले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाए ।

अन्यले भने गतिलो योगदान नदिँदा इंग्ल्यान्ड पराजित भयो । अष्ट्रेलियाका एडम जम्पाले ४ र जोस हेजलउडले ३ विकेट लिए । हेजलउडले १० ओभरमा ३ मेडनसहित २६ रन मात्र खर्चिए भने जम्पाले १० ओभरमा ५५ रन खर्चिए ।

यसअघि पहिला ब्यािटङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २९४ रन बनायो । उसले खराब सुरुवात गरेपछि मध्यक्रम चलेपछि मध्यम योगफल बनान सकेको थियो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ र मिचेल मार्सले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । म्याक्सवेलले ५९ बलमा समान ४ चौका र छक्का प्रहार गरे भने मार्सले १सय बलमा ६ चौका प्रहार गरे । यस्तै मार्कस स्टोइनिसले ३४ बलमा ४३ रन रन बनाए । इंग्ल्यान्डका मार्क उड र आर्चर जोफ्राले ३–३ विकेट लिए भने अदिल रसिदले २ विकेट लिए ।

तीन खेलको सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय आइतबार हुनेछ । यस्तै अन्तिम खेल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *