भारत र अस्ट्रेलियाबीचको सिरिजमा दर्शकलाई अनुमति

नोभेम्बर २७ बाट अस्ट्रेलियामा सुरु हुने क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा अनुमति दिइएको छ । क्रिकेट अस्ट्रेलियाले सरकारको कोेरोनासम्बन्धि मापदण्ड पालना गर्दै सीमित दर्शकलाई मैदान प्रवेशमा अनुमति दिएको हो ।

कोरोना महामारी दर्शक उपस्थित हुने यो पहिलो क्रिकेट सिरिज हुनेछ । भारत र अष्ट्रेलिया ३ खेलको एकदिवसीय, ३ खेलको टि२० र ४ खेलका टेस्ट सिरिज हुने छ । क्रिकेट अष्ट्रेलियाले सिरिजका लागि टिकट बिक्रि समेत सुरु गरेको छ ।

अष्ट्रेलिया र भारतबीचको एकदिवसीय सिरिज नोभेम्बर २७ बाट सुरु हुनेछ भने टि २० सिरिज डिसेम्बर ४ मा सुरु हुनेछ । यस्तै टेस्ट सिरिज १७ डिसेम्बरबाट सुरु हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.