अफागन युवा अलराउन्डर ओमर्जाइले ललितपुरबाट इपिएइल खेल्ने

डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले एभरेस्ट प्रियिमर लिग (इपिएल)का लािग अफगान अलरान्डर अज्मतुल्लाह ओमर्जाइलाई अनुबनधन गरेको छ। ललितपुरले आसन्न चौथो संस्करणको इपिएलका लागि अफगानिस्तानका २१ वर्षीय अलराउन्डरलाई अनुबन्धन गरेको हो।

ललितपुरले मंगलबार फेसबुकमार्फत ओमर्जाइलाई अनुबन्धन गरेको जनाएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको प्याट्रिओट्सले यअसघि इंग्ल्यान्डका एलेक्स ब्लाक र भुटानका मिक्यो दोर्जीलाई अनुबन्धन गरिसकेको छ।

ओमर्जाइले यसै वर्षमात्र अफगानिस्तानको राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। उनले गत जनवरी २१मा आयरल्यान्डविरुद्ध एकदिवसीय खेलमार्फत डेब्यू गरेका थिए। सो खेलमा उनले २ रन मात्र बनाउन सकेका थिए। उनीसँग उमेर समूहको भने पर्याप्त अनुभव छ । सन् २०१८का यू–१९ विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनले २४ लिस्ट ए, १० टि–२० र ५ फस्ट क्लस क्रिकेट खेलेका छन् । जसमा उनले ४ सय १३, २ सय ९ र १ सय ४९ रन बनाउनुका साथै २२, ८ र १६ विकेट पनि लिएका छन्।

असोज ९ देखि कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुने एभरेस्ट प्रियिमर लिगमा प्रत्येक टिमले प्लेइङसेटमा अनिवार्य ३ खेलाडी खेलाउनु पर्छ।

Facebook Comments Box