बाबर अजामले तोडे कोहली र धवनको रेकर्ड

पाकिस्तानी मिडल अर्डर ब्याट्सम्यान बाबर अजामले भारतीय कप्तान विराट कोहली र शिखर भवनको रेकर्ड तोडेका छन् । इंग्ल्यान्डमा जारी १२औं संस्करणको विश्वकपअन्तर्गत न्युजिल्यानडविरुद्ध २९ रन बनाएसँगै अजामले सर्वाधिक छिटो ३ हजार रन बनाउने कोहली र धवनको कीर्तिमान तोडेका हुन् ।

टि–२० क्रिकेटका नम्बर एक ब्याट्सम्यान अजामले ७० खेलको ६८ इनिङमा ३ हजार रन बनाउँदै सर्वाधिक छिटो ३ हजार रन बनाउने एसियन खेलाडीको कीर्तिमान कायम गरेका हुन् । धवनले ७३ खेलको ७२ इनिङमा ३ हजार रन बनाएका छन् भने कोहलीले ७८ खेलको ७३ इनिङमा ३ हजार रनको आँकडा पार गरेका छन् ।

समग्रमा भने अजाम सर्वाधिक छिटो ३ हजार रन बनाउने दोस्रो खेलाडी बनेका छन् । यो सूचीमा पहिलो नम्बरमा दक्षिण अफ्रिकाका हासिम अमला छन् । उनले ५९ खेलको ५७ इनिङमा ३ हजार रन बनाएका छन् । यो सूचीको तेस्रो स्थानमा भिभ रिचडर्स छन् । उनले ७४ खेलको ६९ इनिङमा ३ हजार रन बनाएका थिए ।

अजामको उतकृष्ट प्रदर्शनको मद्दतमा खेल पाकिस्तानले ६ विकेटले जित्यो । अजामले १२७ बलमा नटआउट १०१ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP