सुवास खकुरेलको अर्धशतकमा बागमतीको जित

Read Time:1 मिनेट

प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितमा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ। मुलपानी क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ४९ रनको सहज जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै बागमतीले दिएको ११५ रनका सामान्य लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा ६५ रनमै अलआउट भयो। लुम्बिनीका कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन बनाउँदा बासिर अहमदले ११ रनको बनाए।

अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका ३ ओभरमा ११ रन खर्चदै ३ विकेट लिए भने रामनरेश गिरीले २ ओभरमा २ मेडनसहित २ रन मात्र खर्चे खर्चेर २ विकेट लिए। यस्तै, सुवास खत्री र तिलक भण्डारीले पनि २ विकेट लिए।

यसअघि सुवास खकुरेलको अर्धशतकीय योगदान मद्दतमा बागमतीले ७ विकेटको क्षतिमा ११४ रन बनायो । सुवासले ५३ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १९ र इशान पाण्डेले १३ रन बनाए । लुम्बिनीका दुर्गेश गुप्ता र अनिल खरेलले समान २ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आसिफ र प्रदीपको ब्याट चल्दा एपिएफ विजयी
Next post ७० लाख लगानीमा गौरादहमा खुल्यो फुटसल
Close