चल्यो बेइस्टो र वार्नरको ब्याट, पञ्जावमाथि हैदरावादको ६९ रनको सानदार जित

ओपनरद्वय जोनी बेइस्टो र डेविड वार्नर उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आईपिएल)मा सनराइजर्स हैदरावाद विजयी भएको छ । बिहीबार राति दुबईमा भएको खेलमा बेइस्टो र वार्नरले पहिलो विकेटका लागि १६० रनको सझेदारी गरेपछि हैदरावादले किंग्स इलावेन पञ्जावमाथि ६९ रनको सानदार जित निकालेको हो।

टस जितेर पहिला ब्याटिङ गर्दै हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको पञ्जावले १६.५ओभरमा अलआउट हुँदै १३२ रन मात्र बनाउन सक्यो । उसका लागि निकोलस पुरनले ३७ बल खेल्दै ५ चौक र ७ छक्काको मद्दतमा ७७ रन बनाए । कप्तान केएल राहुल र प्रभसिम्रन सिंहले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

पञ्जावलाई सस्तैमा समेट्ने क्रममा रसिद खानले उत्कृष्ट प्रदर्शन गरे । उलने ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए । यस्तै, खालिल अहमद र टि नटराजनले समान २ विकेट लिए । मायंक अग्रवाल र ग्लेन म्याक्सवेलको रनआउट पनि हैदरावादको सहज जितको कारण बन्यो।

यसअघि बेइस्टो र वार्नरले पहिलो विकेटका लागि १६० रनको साझेदरी गरेपछि हैदरावादले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनायो । उनीहरुले १५ ओभरमा १६० रनको साझेदारी गरेका थिए, तर मिडलअर्डरले राम्रो साथ नदिँदा हैदरावाद अझै ठूलो स्कोर बनाउन सकेन्।

उत्कृष्ट ब्याटिङ गरेका बेइस्टो शतक बनाउन ३ रनले चुके । उनले ५५ बल खेल्दै ७ चौकार ६ छक्का प्रहार गर्दै ९७ रन बनाए । यस्तै, कप्तान वार्नरले ४० बलमा ५२ रन बनाए । यस्तै, केन विलियम्सनले १० बलमा २० र अविषेक शर्माले ६ बलमा १२ रन बनाए । पञ्जाबका रवि विस्नोइले ३ र अर्सदीप सिंहले २ विकेट लिए।

पञ्जावमाथिको फराकिलो जितसँगै हैदरावाद तेस्रो स्थानमा उक्लिएको छ । तीन जित नकालेको उसको ६ खेलमा ६ अंक भएको छ, र रनरेटमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरलाई पार्दै तेस्रो स्थानमा उक्लियो । एक जितमात्र निकालेको पञ्जाव पुछारमा छ।

प्रतियोगिता अन्तर्गत शुक्रबार राजनस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्ने छन् । खेल सारजाहमा साँझ ७ः४५मा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP