नेपाली राष्ट्रिय क्रिकेटले अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता एसिया कप खेल्दैछ। त्यो पनि एकदिवसीय क्रिकेटकै नम्बर १ टिम पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा आफ्नो डेब्यू गर्ने छ।
३ दकशपछि एसिया कप खेल्ने सपना साकार बनाएको नेपाली क्रिकेट टिमलाई काठमाडौं महानगरपालिका मेयर बालेन साहले जितका लागि शुभकामना दिएका छन्।
नेपाली टिमलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मेयर बालेनले स्टार लेगस्पिनर सन्दीप लामिछानेले पाकिस्तानी विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई कसरी आफ्नो स्पिनमा नचाउँछन् भनेर हेर्न राखेका छन्। उनले खेलेका छन्, ‘सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो। यो सपना आज केही समयमा पूरा हुँदैछ।’
मेयर बालेन लेख्छन्, ‘टिभीमा सोएब अख्तर, शाहीद अफ्रिदी, बाबर आजम, सोएब मल्लिकहरुको खेल हेरेर रमाइन्थ्यो। विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सँधै रोमाञ्चकता दिन्थ्यो।’
‘सोचिन्थ्यो, नेपाली टोलीले पनि यिनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो ! अफरिदीको योर्करलाई (कुशल)भुर्तेलले कसरी सामना गर्थे होलान्! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधैं मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदैछ । नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाई अनि खेलको लागि सम्पूर्ण नेपालीलाई शुभकामना।’