एसिया कप क्रिकेटमा बंगलादेशले भारतलाई हराएको छ। शुक्रबार राति श्रीलंकामा भएको सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतमाथि ६ रानको रोमाञ्चक जित निकाल्यो।
भारत यसअघि नै फाइनल पुगिसकेको र बंगलादेश बाहिरिसकेका दुवै टिममले टिममा थुप्रै परिवर्तन गरेका थिए। बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारतले अन्तिम बलमा अलआउट हुँदै २५९ रन मात्र बनाउन सक्यो।
भारतको ओपनर शुभमन गिल्ले शतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। उनले १३३ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दैै १२१ रन बनाए। सन् २०२३ मा मात्रै गिलको यो पाचौं शतक हो।
गिलका अलावा भारतका लागि अक्षर पटेलले ३४ बलमा ४२ रन बनाउँदा सूर्यकुमार यादवले २६ र केएल राहुलले १९ रनको योगदान दिए।
बंगलादेशका लागि मुस्ताफिजुर रहमाले ३ विकेट लिए भने तान्जिम सकिब र मेहदी हसनले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनायो। बंगलादेशका लागि सकिब अल हसनले ८० रन जोडे भने मेहदी हसनले ५४ रन र नसुम अहमदले ४४ रनको योगदान दिए।
बलिङमा भारतका शार्दूल ठाकुरले ३ विकेट लिँदा सामीले २ विकेट लिए।
कपको फाइनलमा आइतबार आयोजक श्रीलंका र भारतबीच खेल हुनेछ।