बंगलादेशले रद्द गर्‍यो श्रीलंका र न्युजिल्यान्डसँगको टेस्ट सिरिज

कोरोना भाइरसको जोखिमका कारण बंगलादेशले आसन्न दुई टेस्ट सिरिज रद्द गरेको छ। बंगलादेश क्रिकेट बोर्डले श्रीलंका र न्युजिल्यान्डसँगको टेस्ट सिरिज रद्द गरेको हो ।

बंगलादेश क्रिकेट बोर्डले दुवै देशको क्रिकेट बोर्डलाई लेख्दै सिरिज खेल्न सक्ने जनाएको हो । बंगलादेश जुलाईमा श्रीलंका जाने कार्यक्रम थियो भने अगस्तमा न्युजिल्यानड बंगालादेश आउने तालिका थियो ।

बंगलादेशले श्रीलंकासँग ५ खेलको टेस्ट सिरिज र न्युजिल्यानडसँग २ खेलको टेस्ट सिरिजन खेल्ने कार्यक्रम थियो । केही दिन अघिमात्र ३ खेलाडीमा कोरोना संक्रमण देखिएपछि दुवै सिरिज रद्द गरेको बताइएको छ ।

बंगादेशका पूर्वकप्तान मोसरफे मोर्तजा, नाज्मुल इस्लाम र नसिफ इक्वालमा कोरोना संक्रमण देखिएको थियो । तीनै जना अहिले सेल्फ आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *