अफागानिस्तानले घरेलु टोली बंगलादेशविरुद्ध एक मात्र टेस्टमा फराकिलो हार व्यहोरेको छ। बंगलादेशको मिरपुरमा भएको टेस्ट बंगलादेशले चौथो दिनमा नै ५४६ रनको फराकिलो अन्तरले जित्यो ।
बंगलादेशले दिएको ६६२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ११५ रनमै अलआउट भयो । उसका लागि रहमत शाहले सर्वाधिक ३० रन बनाए भने करिम जन्नत १८ र कप्तान हशमतुल्लाह शाहिदीले १३ रनमा बनाए। अन्य ब्याट्म्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
बंगलादशेका तस्किन अहमदले ४ तथा शोरिफुल इस्लामले ३ विकेट लिए।
बंगलादेशले दोस्रो इनिङ ४ विकेटको क्षतिमा ४२५ रनमा इनिङ समाप्तिको घोषणा गरेको थियो । उसका नाजमुल हसन सान्टो र मोमिनुल हकले शतकीय योगदान दिए। शान्टोले १५१ बलमा १२४ रन बनाए भने हकले १४५ बलमा १ २१ रन बनाए।
यस्तै, कप्तान लिटोन दासले ६६ रन बनाउँदा जकिर हसनले ७१ रन बनाएका थिए। अफगानिस्तानका लागि जाहिर खानले २ तथा अमिर हम्जाले १ विकेट लिए ।
यता, अफगानिस्तान पहिलो इनिङमा १४६ रनमै अलआउट भएको थियो। उसका अफ्सार जजाईले ३६, नासिर जमलले ३५ । करिम जन्नतले २३ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
बंगलोदशका इबादत हुसैनले ४ तथा शोरिफुल इस्लाम, तैजुल इस्लाम र मेहदी हसन मिराजले समान २ विकेट लिए।
पहिलो इनिङमा बंगलोदश ३८२ रन बनाएको थियो । उसका लािग सान्टोले १७५ बलमा १ ४६ रन बनाउँदा मेहमुदुल हसनले ७६ रन बनाए । अफगानिस्तानका निजात मसुदले ५ विकेट लिएका थिए।