बसन्त रेग्मीले इपिएल खेल्ने, आज अमेरिकाबाट फर्कँदै

भेट्रान स्पिनर बसन्त रेग्मीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्। मायभनर क्रिकेट लिग खेल्न अमेरिका पुगेका बसन्त आजै नेपाल फर्किने भएपछि उनले इपिएल खेल्ने पक्का भएको हो।

इपिएलमा उनी विराटनगर वारियर्समा आबद्ध छन्। बसन्त नेपाल फर्कने मिति तय नभएपछि विराटनगरले इपिएललाई बुझाएको खेलाडीको लिस्टमा बसन्तको नाम भने छैन ।

भेट्रान स्पिनर चाँडै नेपाल फर्कने भएपछि विराटनगरले बसन्तको नाम समावेश गर्न इपिएललाई पत्र पठाइसकेको छ। पारस खड्काको स्थानमा वसन्तपुरलाई समावेश गर्न विराटनगरले आग्रह गरेको छ।

सम्भवतः बसन्त आइतबार हुने चिवतन टाइगर्सविरुद्ध नै मैदान उत्रन सक्ने छन्। वसन्त २ वर्षयता राष्ट्रिष्य टिमबाट बाहिर रहँदै आएका छन्।

करण केसीको कप्तानीमा रहेको विराटनगरमा जिम्बाबेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका रायनखान पठान, वेस्टइन्डिजका चन्द्रपउल हेमराज, दिल्सान मुनाविरालाई विदेशी खेलाडीका रुपमा छन् ।

विराटनगरमा नेपाली खेलाडीका रुपमा करणसँगै आसिफ सेख, अनिलकुमार साह, सन्दीप रजाली, सौरभ खनाल, सुमित महर्जन, हरिबहादुर चौहान, सोनु देवकोटा, प्रतिश जिसी, रामनरेश गिरी, विक्रम भुसाल, अनिल खरेल, अर्जुन चुनारा र सन्तोष यादव छन्।

Facebook Comments Box