राजस्थानमाथि चेन्नईको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले सानदार जित निकालेको छ। सोमबार राति भएको खेलमा चेन्नाइले राजस्थानलाई ४५ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।

मुम्बइस्थित वाङखडे स्टेडियममा चेन्नाइले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि ओपनर जोस बट्लरले सर्वाधिक ४९ रन बनए भने यस्तै जयदेव उनादकडले २४ र राहुल टेवाटियाले २० रन बनाए । चेन्नाइका मोइन अलीले ३ तथा साम करन र रविन्द्र जडेजाले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । चेन्नाइका लागि ओपनर फाप डु प्लेसिसले सर्वाधिक ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७, मोइन अलीले २६ र ड्वेन ब्राभो २० रनमा अविजित रहे । राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।

जितपछि ३ खेलबाट ४ अंक जोडेको चेन्नाइ अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि चेन्नाइले दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पारेको हो । राजस्थानको भने यो दोस्रो हार हो । ३ खेलमा २ अंक जोडेको राजस्थान छैटौं स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.