बलर चम्किँदा विराटनगरमाथि भैरहवा ६ विकेटले विजयी

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा भैरहवा ग्लाडियर्टस विजयी भएको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको दोस्रो खेलमा भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले हरायो।

पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि श्रीलंकन टिमका पूर्वकप्तान उपुल थरंगाले सर्वाधिक ३४ रन बनाउँदा प्रदीप ऐरीले २२ रन बनाए।

यस्तै, रोहित कुमार पौडेलले बंगलादेशका तमिम इक्वालले समान १२ रन बनाउँदा कप्तान शरद भेषावकर ६ रनमा नटआाउट रहे । विराटनगरका रामनरेश गिरीले २ विकेट लिए भने कप्तान करण केसी र वसन्त रेग्मीले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको विराटनगरले खराब ब्याटिङ गरेको थियो । भैरहवाका बलर चम्किएपछि विराटनगर १७.४ ओभरम ८९ रनमै अलआउट भयो ।

उसका लागि दिल्सान मुनाविराले सर्वाधिक २५ रन बनाए भने सुमित महर्जनले १३, अनिल साहले ११ र वसन्त रेग्मीले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

विराटनगरको इनिङ धरासयी बनाउने क्रममा श्रीलंकन बलर धमिका प्रसाद र आरिफ सेखले घातक बलिङ गरे। अन्तर्राष्ट्रय क्रिकेटका अनुभवी बलर धमिककाले ३ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए भने आरिफले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।

पहिलो खेलमा वर्षाका कारण रोकिँदा पोखरा राइनोजसँग अंक बाँड्न बाँध्य भएको भैरहवा ३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । दुवै खेलमा पराजित भएको विराटनगर पाँचौं स्थानमा छ।

Facebook Comments Box