भैरहवा र चितवनबीचको खेल स्थगित

चौथो संस्करणको इपिएलअन्तर्गत भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको छ । आइतबार परेको वर्षाका कारण मैदान हिलो भएपछि भैरहवा र चितवनबीचको खेल टस नै नभइ स्थगित भएको हो।

खेल स्थगित भएपछि दुवै टिमले अंक बाँडेका छन् । भैरहवाले लागतार दोस्रो खेलमा अंक बाँडेको हो। यसअघि आइतबार पोखरा राइनोजविरुद्धको खेल पनि वर्षाका कारण बीचमै रोकिएपछि दुवै टिमले अंक बाँडेका थिए।

लागतार दुई खेलमा अंक बाँड्नु परेपछि भैरहवालाई घाटा भएको छ। ६ टिम सहभागी सिंगला राउन्ड रोबिनका आधामा हुने प्रतियोगितमा अब तीन खेल भैरहवा जित्ने पर्ने दबाबमा हुनेछ।

यता, पहिलो खेलमा विराटनगर वारियर्सलाई पराजित गरेको चिवतन भने ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

यसअघि आज नै हुने भनिएको विराटनगर वारियर्स र काठमाडौं किंग्स इलावभेन बीचको खेल पनि स्थागित भएको थियो।

Facebook Comments Box