पपुवा न्युगिनीविरुद्ध विक्रमको उत्कृष्ट बलिङ, डेब्यूमै लिए २ विकेट

नेपाली फास्ट बलर विक्रम सोबले राष्ट्रिय टिममा डेब्यूलाई सानदार बनाएका छन्। पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिज मार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनले पहिलो खेलमै २ विकेट लिएका छन्।

उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिँदै नेपालललाई सफलता दिलाएका थिए । विक्रमले दोस्रो ओभरको पहिलो बलमा पपुवा न्युगिनीका ओपनर टोनी उरालाई बोल्ड आउट गरेका थिए। यस्तै, उनले कप्तान असाद भालालाई चौथो ओभरको अन्तिम बलमा आसिफ सेखबाट क्याच आउट खराएका थिए।

ताजा अवस्थामा पपुवा न्युगिनीले ६ ओभरमा २ विकेटको क्षतिमा १९ रन बनाएर खेलिरहेको छ।

आसन्न आईसिसी विश्वकप लिग–२ अन्तर्गतको ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध २ खेलको सिरिज खलेको हो।

Facebook Comments Box