डेब्यूको पहिलो बलमै विक्रम लिए विकेट, नेपाललाई पहिलो सफलता

नेपाली फास्ट बलर विक्रम सोबले राष्ट्रिय टिममा डेब्यू गरेको पहिलो बलमै विकेट लिएका छन् ।

यही खेलमार्फत राष्ट्रिय टिम र एकदिवसीयमा डेब्यू गरिरहेका विक्रमले दोस्रो ओभरको पहिलो बलमा पपुवा न्युगिनीका ओपनर टोनी उरालाई बोल्ड आउट गरे ।

उराले तीन बलको सामना गर्दै १ रन मात्र बनाउन सफल भएका थिए । अहिले ३ ओभर सकिँदा पिएनजीले १ विकेट गुमाएर ६ रन जोडेको छ ।

प्रशिक्षक डेभ वाट्मोरले पपुवा न्युगिनीविरुद्धको सिरिजको पहिलो खेलबाटै ओपनरद्वय कुशल भुर्तेल, आसिफ सेखलाई डेब्यू गराएका छन्।

आसन्न आईसिसी विश्वकप लिग–२ अन्तर्गतको ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध २ खेलको सिरिज खलेको हो।

Facebook Comments Box