इपिएलमा विराटनगरको पहिलो जित, काठमाडौं ७ विकेटले पराजित

कीर्तिपुस्थित टियू मैदानमा जारी चौथो संस्करणको एभरेस्ट प्रियिमर लिग (इपिएल)मा विराटनगर वारियर्सले पहिलो जित निकालेको छ। आइतबार भएको खेलमा काठमाडौं किंग्स इलाभेनलाई ७ रनले हराउँदै विरटागनरले पहिलो जित निलकोको हो।

यसअघि लिगका लागतार ४ खेल हारको विराटनगर प्रतियोगिबाट बाहिरिसकेको छ । २ अंक जोड्दै विराटनगर अंक तालिकामा पुछारमा छ । यता, विराटनगरसँग पराजित भएपनि काठमाडौंको प्लेअफ पुग्ने सम्भावना कायमै छ । उ ३ खेलमा २ अंक जोड्दै पाँचौं स्थानमा छ। झै दुई खेल खेल्न बाँकी रहेकाले उसको प्लेअफ सम्भावना कायमै छ।

शनिबार बेलुका परेको वर्षाका कारण मैदान भिजेका खेल ८ ओभरमा झारिएको थियो । खेलमा पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो ।

उसका लागि रहमनुल्लाह गुर्वाजले १५ बलमा २८ रन बनाउँदा राजु रिजालले १५ बलमा २४ र सुवास खकुरेलले १० बलमा २६ रन बनाए । विराटनगरका रायनखान पठानले २ तथा प्रत्यिस जिसीले १ विकेट लिए।

त्यसपछि पहिला ब्याटिङ गरेको विराटनगरले अनिल साहको विस्फोटक ब्याटिङ मद्दतमा ५ विकेट गुमाउँदै १०४ रन बनायो । अनिलले १६ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४५ रन बनाए । यस्तै, रायन पठान ११ बलमा ३० रन बनउाँदा करण केसी १५ रनमा नटआउट रहे।

काठमाडौंका गुल्सन झा, रायन बुर्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए।

Facebook Comments Box