विराटनगरको खराब ब्याटिङ, भैरहवाविरुद्ध ८९ रनमै अलआउट

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा विराटनगर वारियर्सले खराब ब्याटिङ गरेको छ। बुधबार भएको कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा भैरहवा ग्लाडियटर्सविरुद्ध विराटनगर पहिलो इनिङमा ८९ रनमै अलआउट भयो।

विराटनगरका लागि दिल्सान मुनाविारले सर्वाधिक २५ रन बनाए भने सुमित महर्जनले १३, अनिल साहले ११ र वसन्त रेग्मीले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

विराटनगरको इनिङ धरासयी बनाउने क्रममा श्रीलंकन बलर धमिका प्रसाद र आरिफ सेखले घातक बलिङ गरे। अन्तर्राष्ट्रय क्रिकेटका अनुभवी बलर धमिककाले ३ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए भने आरिफले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । यस्तै अविनाश बोहराले २ तथा दुर्गेस गुप्ता र कृष्ण कार्कीले समान १ विकेट लिए।

यसैबीच ९० रनको झिनो लक्ष्य पछ्याएको भैरहवाले उत्कृष्ट सुरुआत गरेको छ। ४ ओभरको समाप्तिमा २५ रन बनाउँदा उसले कुनै विकेट गुमाएको छैन ।

Facebook Comments Box