
रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा विराटगरको जित, पोखराको हारको यात्रा अझै रोकिएन
नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको ब्याट चलेपछि नेपाल टि–२० लिगमा विराटनगर सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि ८ विकेटको सहज जित निकाल्यो।
बुधबार भएको खेलमा काठमाडौंले पोखरालाई नै ६ विकेटले हराएको थियो । यता, पोखराले प्रतियोगितामा कुनै पनि खेल जित्न सकेको छैन । उ लागतार ५ खेलमा पराजित छ।
बिहीबार पहिला ब्याटिङ गर्दै पोखराले दिएको १३६ रनको लक्ष्य विराटनगरले ८ बल बाँकी छँदा २ विकेट गुमाउँदै भेट्टायो।
उसका लागि रोहितले ५७ बलमा ७१ रनकोृ उत्कृष्ट इनिङ खेले । उनले ६ चौका र ३ छक्का प्रहार गर्दै । यस्तै, हुसेन टलटले २३ बलमा २७ रन बनाए। दुवै नटआउट हरे। यस्तै, गौरान्सु शर्माले ३३ रनको योगदान दिए।
पोखराका जाहिर खान र अमीर हाज्माले समान १ विकेट लिए।
त्यसपछि पहिला ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो। उसका लागि हाज्माले सर्वाधिक ३७ रन बनाए भने सुमित महर्जनले २६, उपुल थरंगाले २५ रनको योगदान दिए।
विराटनगरका आन्द्रे म्याकार्थीले ३ तथा नन्दन यादव, राज नन्नन र साहब आलमले समान १ विकेट लिए।