जनकपुरमाथि सानदार जितसहित विराटनगर फाइनलमा

Read Time:2 Minute

विराटनगर सुपर किंग्स नेपाल टि–२० लिगको फाइनलमा पुगेका छन् । मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको क्वालिफायर २ मा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो।

अब उसले उपाधिका लागि बुधबार लुम्बिनी स्टारसँग खेल्ने छ। लुम्बिनी पनि क्वालिफायर १मा जिनकपुरलाई नै हराउँदै फाइनल पुगेको हो। लिगमा लुम्बिनी शीर्ष स्थानमा थियो भने विराटनगर तेस्रो बनेको थियो।

पहिला ब्याटिङ गर्दै विरानगरले दिएको १६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा १२८ रनमै अलआउट भयो। उसका लागि चाड्विक वाल्टनले अर्धशतकीय योगदान दिए। उनले ४७ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाए ।

यस्तै, कप्तान ट्रेभोन ग्रिफिथले २४ बलमा ३४ रन बनाए भने खडक बोहराले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

जनकपुरलाई सस्तैमा समेट्ने क्रममा किओन जोसेफले ३ तथा राज रक्की नन्नन र नन्दन यादवले समान २ विकेट लिए।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।

विराटनगरका लागि ओपनर गौरान्सु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन जोडे । अर्का ओपनर अर्जुन साउदले २६ बलमा २ चौका र छक्कासहित ३५ रन बनाए ।

यस्तै, राज नन्नन १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाउँदा हुसेन टलाट २१ बलमा ३१ रन बनाए ।

बलिङमा जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए।

Happy
Happy
33 %
Sad
Sad
17 %
Excited
Excited
17 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
33 %
Previous post छैटौं विराट गोल्डकप चैत पहिलो साता
Next post पोर्चुगिज स्टार फेलिक्स भित्र्याउँदै चेल्सी
Close