उद्घाटन खेलमा विराटनगर ३ विकेटले विजयी

आजबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु भएको नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज टि–२० लिगमा डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सले विजयी सुरुवात गरेको छ ।

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगरले उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको टिम ललितपुर प्याट्रियट्सलाई ३ विकेट पराजित गर्दै उपाधि रक्षाको अभियानको सुरुवात जितबाट गरेको छ ।

विराटनगरलाई जित दिलाउन करण केसीले अलराउन्ड प्रदर्शन गरे । उनले पहिलो इनिङमा २ विकेट लिए भने दोस्रो इनिङमा ७ औं नम्बरमा ब्याटिङ गर्दै १९ बलमा ३६ विस्फोटक नटआउट इनिङ खेल । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चिए । करणले ललितपुरका ओपनर जयकिशन कोल्सावालालाई ५ रनमा र कप्तान ज्ञानेन्द्र मल्ललाई ५९ रनमा आउट गर्दै ललितपुरको स्कोरमाथि उठ्न दिएनन् ।

यसैगरी उनले मध्यक्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि धर्मराएको इनिङ सम्हाल्दै १९ बलमा ३६ रनको विस्फोटक इनिङ खेले । उनले आफ्नो इनिङमा १ चौका र ३ छक्का प्रहार गरेका थिए ।

टस जितेर ब्याटिङका लागि आएको ललितपुरले अन्तिम ओभरको अन्तिम बलमा अलआउट हुनुअघि १ सय ४ रनको सामान्य स्कोर मात्र खडा गर्‍यो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै सन्नी पटेलले २० र पवन सर्राफले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर गर्न सकेकन् ।

ललितपुरलाई सस्तैमा समेट्ने क्रममा विराटनगरका करण केसी र रोइलोफ भान डर मर्वीले २–२ विकेट लिए । करणले २० रन खर्चिए भने मर्वीले४ ओभरमा १४ रनमात्र खर्चिएका थिए । यस्त स्मिथ पटेल, बसन्त रेग्मी र कप्तान पारस खड्काले १–१ विकेट लिए ।

१ सय ५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले राम्रो सुरुवात गर्‍यो । उसका ओपनरद्वय अनिल साह र आसिफ सेखले १९ रनको साझेदारी गरेका थिए । अनिल चौथो ओभरको दोस्रो बलमा व्यक्तिगत ११ रनमा आउट भएपछि विराटनगरले लगातार विकेट गुमाएको थियो ।

त्यसपछि उसले थप ३१ रन ५ विकेट गुमाएको थिए । त्यतिखेर विराटनर १४.२ ओभरमा ५०–६ को खराबस्थितिमा पुगेको थियो । सातौं नम्बरमा आएका करणले नटआउट ३६ रनको इनिङ खेल्दै डिफेन्डिङ च्याम्पियनलाई सम्भावित हारबाट जोगाए ।

विराटगरको ओपनर आसिफले १९, पाउल भान मेकेरेनले ९ तथा कप्तान पारस खड्का र सुमित महर्जनले ८–८ रनको योगदान दिएका थिए ।

ललितपुरका गौरब तोमारले ३ विकेट लिए । किफायति बलिङ गरेका उनले ४ ओभरमा १० रनमात्र खर्चिए । यस्तै सन्दीप लामिछाले २ तथा ललितनारायण राजवंशीले १ विकेट लिए । सन्दीपले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चिए ।

प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुने छन् । बिहान ९ बजे हुने पहिलो खेलमा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्सको सामाना गर्ने छ भने दिउँसो १ बजे हुने दोस्रो खेलमा पोखरा राइनोज र गतवर्षको उपविजेता भैरहवा ग्लाडियर्टस भीड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP